मादीमा गठबन्धन उम्मेदवारको घरदैलो सुरु
गुण्डागर्दी शैलीमा मादी कब्जा हुन सक्दैन: उम्मेदवार गुरुङ
कास्की | बैशाख १८, २०७९
पोखरा: मादी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेको छ । समुन्नत मादीको आधार: पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा सहित गठबन्धनले घरदैलो अभियान थालेको हो ।
गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा, मादी ५, चित्रे, मगरगाउँ पुगे । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार सहित प्रतिबद्धता व्यक्त गरेको छ ।
आजबाट गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार मादी गाउँपालिका प्रमुखका लागि नेपाली कांग्रेसबाट देवीजंग गुरुङ र उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् ।
घरदैलोको अवसरमा मतदातासँग बोल्दै अध्यक्ष पदका उम्मेद्वार देवीजंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।
यसैगरी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे ।
मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए । मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

